
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा प्रदान गर्ने फोटो कन्सर्न नेशनल फोटो जर्नालिज्म अवार्ड २०७३ का अध्यक्ष ध्रुव आले । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ७ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले यही वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा ‘फोटो कन्सर्न नेसनल फोटोे जर्नालिज्म अवार्ड २०७३’ प्रदान गर्ने भएको छ ।
सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको क्षमता र योग्यताको कदर गर्दै उनीहरु लाई प्रोत्साहनस्वरुप फरक फरक १३ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट रु १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गर्न लागिएको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । विभिन्न विधामा सम्मानस्वरुप राशि रु २५ हजारदेखि ५० हजारसम्म दिइने छ । सम्मान पाउन इच्छुकले अनलाइनमार्फत फाराम भरेका थिए ।
उत्कृष्ट फोटो पत्रकार छनोट गर्न छापामाध्यम र अनलाइन न्युज पोर्टलका सम्पादक तथा वरिष्ठ फोटो पत्रकारमध्येबाट एक एक, एनएफपिजेका अध्यक्ष, वरिष्ठ सल्लाहकार लगायत सो क्षेत्रका विज्ञसहित बढीमा सात जनाको छनोट समिति गठन गरिने एनएफपिजेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक फोटो पत्रकारको संस्था एनफएपिजे २०५३ सालमा स्थापना भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते