लण्डन । बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको निधन भएको छ ।
शनिबार बिहान करिब ११ बजे लण्डनको साउथ ह्यारोमा भएको सो दुर्घटनामा परी ७६ वर्षीय थकमती पुनको घटनास्थलमै निधन भएको छ ।
प्राप्त जानकारीअनुसार ७७ वर्षे श्रीमान चन्द्रबहादुर पुन र थकमती पुन सो दिन सदाझैँ मर्निङ वाकका लागि निस्किएका थिए । श्रीमान बाटो काटेर पारि पुगे भने पछिपछि बाटो काट्दै गरेकी श्रीमतीलाई कारले ठक्कर दिन पुग्यो ।
दुर्घटनापछि प्रहरी, स्वास्थ्यकर्मी घटनास्थल आइपुगेका थिए । उनीहरुले एयर एम्बुलेन्स बोलाउने परामर्श गर्दागर्दै पुनलाई मृत घोषित गरेका थिए । अहिले उनको शव नर्थवीक पार्क अस्पतालमा राखिएको छ ।
म्याग्दी दग्नामकी पुन युकेमा पूर्व गोरखा सैनिक श्रीमानका साथ साउथ ह्यारोमा बस्दै आएकी थिइन् । उनका १ छोरा र ५ छोरी नेपालमै छन् ।
उनको शवलाई पुलिस केस र पोस्टमार्टमपछि एक सातामा परिवारलाई दिइने बताइएको राहुघाट सेरोफेरो युकेका सचिव धन पुनले जानकारी दिए ।
उनको शवलाई परिवारको अनुरोधमा नेपाल पठाइने पनि पुनले बताए । अहिले युकेमा रहेका दग्नामबासी र राहुघाटबासीले उनको परिवारका लागि सहयोग संकलन शुरु गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई