लण्डन । नेपलिज डक्टर्स एसोसिएसन युकेले नेपालका दुर्गम क्षेत्रमा काम गर्ने अनमीहरुलाई तालिम दिन च्यारिटी गर्ने भएको छ ।
अप्रिल ३० तारिखका दिन मेडिस्टोन, मार्केट हलमा हुने सो च्यारिटीमा बेलायतका लागि नेपाली राजदुत, काउन्सिलर, युकेस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु, चिकित्सकहरु सहभागी हुने एसोसिएसनकी अध्यक्ष डा. बीना थेबेले जानकारी दिनुभयो ।
सो च्यारिटीका लागि करिब १० हजार पाउण्ड सहयोग संकलन भइसकेको जानकारी दिँदै डा. थेबेले संकलित सहयोगका आधारमा कतिवटा तालिम संचालन गर्ने निर्धारण गरिने बताउनुभयो ।
सोही दिन मेडिस्टोन गोरखा नेपलिज एसोसिएनको सहआयोजनामा स्वास्थ्य शिक्षाका बारेमा जानकारी र स्वास्थ्य परीक्षण गरिने भएको छ । डा. चुडा कार्की, डा. प्रकाश सुवेदी, डा. अच्युत धिताल, मानसिरी गुरुङ, डेन्टल लिड डा. कपिल रिजालले स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिनेछन् । डा. थेबे, डा. रिजाल, डा.रसना बज्राचार्य, जयश्री पटेल, हेसु बराला, डा. गौरब गुरुङलगायतले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ ।
कार्यक्रमकाे संयाेजक डा. सुमिन्द्र पुन, स्वास्थ्यचेतना कार्यक्रमका संस्थापक डा. एन्जल मगर र नेपलिज नर्सेज एसाेसिएसनकी अध्यक्ष प्रसुना कँडेल रहेका छन् ।
स्वास्थ्य परीक्षणामा नर्सेस एसाेसिएसन र डेन्टिष्टहरूकाे पनि सहकार्य रहेकाे छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा