लन्डन । अस्वस्थ अभिनेता दीपक क्षेत्रीको उपचारार्थ बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बेलायतबाट संकलित तीन लाख रुपैयां आइतबार नेपालमा वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा मोडल जान्वी बोहराले क्षेत्रीलाई हस्तान्तरण गरे ।
क्षेत्रीको उपचारका लागि समाजका सल्लाहकार एवं प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाको विशेष पहल तथा क्षेत्री समाज बेलायतको संयोजनमा ३ दिनमा संकलित तीन लाख रुपैयां नेपाल पठाइएको आपतकालिन कोष संयोजक प्रतिमा केसीले जनाइन् ।
क्षेत्री विगत चार वर्षदेखि घांटीमा मासु पलाएर ग्रसित छन् । उनको जीवनरक्षाका लागि सरकारले केही नगरेपछि देश विदेशबाट सहयोग संकलन जारी छ । गत साता सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनको मर्मस्पर्शी भिडियो अन्तर्वार्ता भाइरल भएपछि उनलाई सहयोग ओइरिने क्रम बढेको हो ।
दार्जिलिंगमा जन्मेर काठमाडौंमा आइ दर्जनौं नाटक, टिभी सिरियल र सयौं चलचित्रमा जोडदार अभिनय गरेका क्षेत्री विगत ४ वर्षदेखि घांटीमा मासु पलाएर बोल्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना