लन्डन । १० औं यलम्बरहाङ कपमा भेट्रान र सुपर भेट्रानतर्फ दुबै कप एफसी केन्टको पोल्टामा परेको छ । गत १५ अप्रिल २०१७ का दिन लन्डन फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको उक्त प्रतियोगितामा यस वर्ष जम्मा ३३ टिमले भाग लिएका थिए । प्रतियोगीमा १८ वटा मेन टिम, ८ टिम भेट्रान र ७ टिम सुपर भेट्रानका थिए ।
सुपर भेट्रानको फाइनलमा धरान टिमसंग कडा प्रतिष्पर्धा परेपछि अन्त्यमा पेनाल्टी शुटबाट एफसी केन्टले बिजय हात पारेको हो । भेट्रान टिम केवाइसीले रसमोर शाखासँग कडा प्रतिष्पर्धा भइ १० मिनेटको थप समयमा गोल हान्न सफल भएपछि जित हात पारेको थियो ।
१८ मेन टिममध्ये फाइनलमा रिडिङ युनाइटेडलाई पछि पार्दै मंगोलियन भन्जाजले शिल्ड जित्यो ।
पुरस्कार वितरणका क्रममा कियाचु केन्द्रिय कमिटीका अध्यक्ष काजिमान यक्सोले सम्पूर्ण विजेता टिमलाई बधाई दिए । बिहान १० बाट शुरु भएर साँझ ७ बजे सकिएको उक्त प्रतियोगिता महेश वनेम, मान तबेबुङ र महासचिव खगेन्द्र लावतीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई