लण्डन । ग्रेनिच बोरोमा बसोबास गर्ने नेपालीहरुको संस्था रोयल बरो अफ ग्रेनिच नेपलिज सोसाइटीको अध्यक्षमा हरिगोविन्द गुरुङ निर्वाचित भएका छन् ।
सोसाइटीको शनिबार लण्डनमा भएको दोस्रो अधिवेसनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ र शर्मिला हिराचन थकाली, महासचिवमा जीत रानाभाट, सचिवमा जीवन सेन, कोषाध्यक्षमा ह्यारी गुरुङ, सहकोषाध्यक्षमा सेविका जिसी निर्वाचित भएका छन् । सदस्यहरुमा मञ्जु खरेल भण्डारी, अर्चना लिम्बु, चक्र राना, दीर्घ थापा, कुमार जोशी, मन्जु भट्ट, प्रकाश खनाल, राज कटवाल, रामलाल थापा, सिर्जना न्यौपाने गौतम, सीता अर्याल, सुशीला कार्की निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका होम शर्माले सपथ तथा प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित समितिलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष दासुराम पाण्डे, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, निवर्तमान अध्यक्ष कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार एलएन पाण्डे लगायतले शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष गुरुङले साउथ इष्टमा बस्ने सबै नेपालीको प्रतिनिधित्व गर्ने संस्थाका रुपमा सोसाइटीलाई लैजाने बताए ।
निर्वाचन सम्पन्न गर्न कर्णबहादुर शाही, लक्ष्मण शाह, होम शर्मा, सहदेव गिरी र नरेन्द्र कँडेल रहेको निर्वाचन समिति गठन गरिएको थियो । कार्यक्रम अर्क तिम्सिनाले संचालन गरेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा