लण्डन । ग्रेनिच बोरोमा बसोबास गर्ने नेपालीहरुको संस्था रोयल बरो अफ ग्रेनिच नेपलिज सोसाइटीको अध्यक्षमा हरिगोविन्द गुरुङ निर्वाचित भएका छन् ।
सोसाइटीको शनिबार लण्डनमा भएको दोस्रो अधिवेसनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ र शर्मिला हिराचन थकाली, महासचिवमा जीत रानाभाट, सचिवमा जीवन सेन, कोषाध्यक्षमा ह्यारी गुरुङ, सहकोषाध्यक्षमा सेविका जिसी निर्वाचित भएका छन् । सदस्यहरुमा मञ्जु खरेल भण्डारी, अर्चना लिम्बु, चक्र राना, दीर्घ थापा, कुमार जोशी, मन्जु भट्ट, प्रकाश खनाल, राज कटवाल, रामलाल थापा, सिर्जना न्यौपाने गौतम, सीता अर्याल, सुशीला कार्की निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका होम शर्माले सपथ तथा प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित समितिलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष दासुराम पाण्डे, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, निवर्तमान अध्यक्ष कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार एलएन पाण्डे लगायतले शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष गुरुङले साउथ इष्टमा बस्ने सबै नेपालीको प्रतिनिधित्व गर्ने संस्थाका रुपमा सोसाइटीलाई लैजाने बताए ।
निर्वाचन सम्पन्न गर्न कर्णबहादुर शाही, लक्ष्मण शाह, होम शर्मा, सहदेव गिरी र नरेन्द्र कँडेल रहेको निर्वाचन समिति गठन गरिएको थियो । कार्यक्रम अर्क तिम्सिनाले संचालन गरेका थिए ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार