लण्डन । नेपालीहरुको सर्वाधिक बसोबास रहेको बेलायतको रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष २०७४ मनाइएको छ ।
बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय रसमुरका मेयर ज्याकी भास्पर र आयोजक ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले आफूले काम गरेका विभिन्न देशहरुमध्ये बेलायतमा नेपालीहरुले नेपाली परम्परा र सँस्कृति जगेर्ना गर्न उल्लेखनीय कार्य गरेको पाएको बताए ।
कार्यक्रममा मेयर ज्याकी भास्पर, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष योगकुमार फगामी र अध्यक्ष थापाले नयाँ वर्षको शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रमको संचालन समाजकी महासचिव रञ्जिता मल्ल, रोहित गुरुङ र मिस युके नेपाली टेनिसा रानाले गरेका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु राजु ढकाल, जानकी तारामीमगर र रश्मि तामाङका साथै स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
स्थानीय काउन्सिलको सहयोगमा नृत्य सिकिरहेका बालबालिकाले पनि मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा आमा, बाबा र गैरनेपाली कलाकारले पनि गीत नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने