लण्डन । नेपालीहरुको सर्वाधिक बसोबास रहेको बेलायतको रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष २०७४ मनाइएको छ ।
बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय रसमुरका मेयर ज्याकी भास्पर र आयोजक ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले आफूले काम गरेका विभिन्न देशहरुमध्ये बेलायतमा नेपालीहरुले नेपाली परम्परा र सँस्कृति जगेर्ना गर्न उल्लेखनीय कार्य गरेको पाएको बताए ।
कार्यक्रममा मेयर ज्याकी भास्पर, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष योगकुमार फगामी र अध्यक्ष थापाले नयाँ वर्षको शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रमको संचालन समाजकी महासचिव रञ्जिता मल्ल, रोहित गुरुङ र मिस युके नेपाली टेनिसा रानाले गरेका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु राजु ढकाल, जानकी तारामीमगर र रश्मि तामाङका साथै स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
स्थानीय काउन्सिलको सहयोगमा नृत्य सिकिरहेका बालबालिकाले पनि मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा आमा, बाबा र गैरनेपाली कलाकारले पनि गीत नृत्य प्रस्तुत गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’