लन्डन । ग्रीनवीच कप फुटबल प्रतियोगिताको उपाधि रोयल ग्रीनवीच फुटबल टिम र भलिबलको उपाधि रेडिङ भलिबल क्लबले जितेको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेक फुटबल मैदानमा आयोजित ९ ए साइड फुटबल प्रतियोगितामा ब्रिगेड ब्याइज क्लबलाई पेनाल्टी सुटमा पराजित गर्दै उक्त उपाधि रोयल ग्रीनवीचले जितेको हो । विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गरेको छ । गत वर्षको उपाधि मंगोलियन भान्जाले जितेको थियो ।
नेपाली युथ असोसिएसनको आयोजनामा भएको उक्त फुटबल र भलिबल प्रतियोगितामा कुल १६ टिमले भाग लिएका थिए । भलिबलमा १० टिमबीच प्रतियोगिता गराइएको थियो । भेट्रानतर्फ ४ फुटबल टोलीको सहभागिता थियो । फुटबल र भलिबल प्रतियोगिता एकै चोटी खेलाइने ग्रीनवीच कप एकमात्र हो ।
लन्डनमा भएका यस्ता प्रतियोगितामध्ये सबै भन्दा बढि दर्शक सहभागी भएको आयोजकको दाबी छ । निकै प्रतिस्प्रधात्मक रहेको ग्रीनवीच कप भलिबल प्रतियोगितामा रेडिङले अल्डरसट आर्मी क्लबलाई ३-२ ले सानदार विजय हासिल गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मी तर्फबाट जिवन शाही बेस्ट प्लेयर चुनिए ।
भलिबलमा बुद्ध फाउण्डेसन क्लबले पहिलो सहभागितामै कीर्तिमान जित हात पारी तेश्रो स्थान लियो । फाउण्डेसनका लागि टिम म्यानेजर निरन्जन खड्का थिए । बुद्ध फाउण्डेशनका लागि संस्थाका अध्यक्ष दिपक श्रेष्ठले प्रायोजन गरेका थिए ।
खेलपछि विजेता टोलीका कप्तान सन्तोष गुरुङले बेलायतमा भएका भलिबल प्रतियोगिता मध्यको एक उत्कृष्ट तथा निष्पक्ष खेल भएको भन्दै आयोजकलाई धन्यवाद दिए । भलिवल विजेतालाई निवर्तमान नेपाली युथ असोसिएसनका अध्यक्ष हयारी गुरुङ, समाजसेबी तथा एनआरएनए आइसीसी सल्लाहकार बिनोद ज्ञवाली, पूर्व करांते प्रशिक्षक जिवन सेन र संस्थाका उपसभापति एबं भलिबल खेलका संयोजक राजन खकुरेलले नगद, ट्रफी र मेडल प्रदान गरे ।
फुटबल विजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथी रोयल ग्रीनवीचका मेयर ओलु बाबाटोला, सेक्रेटरी गेरी आर्मस्ट्रोङ, एनआरएनए यूके कोषाध्यक्ष एवं बुद्ध फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठ, बुद्धिष्ट असोसिएसनका सुमलकुमार गुरुङ, संस्थाका सभापति दिपेन गुरुङ, साउथ इष्ट क्षेत्रीय तमुधिं उपाध्यक्षहरु सुमन गुरुङ, कमला गुरुङ, समाजसेबी मोहन गुरुङ, स्किल एण्ड केयर निर्देशक फत्त थापा, ग्रीनवीच भूतपूर्व सैनिक संघ अध्यक्ष लिलादेवी गुरुङ लगायतले नगद, ट्रफी र मेडल पुरस्कार प्रदान गरेका थिए ।
खेलाडीको हौसला बढाउने उद्देश्यले यस वर्षबाट क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिने प्रचलन शुरु गरिएको संस्थाका उपसभापति लक्ष्मण गुरुङले जनाए । पुरस्कार वितरण कार्यक्रम संस्थाका महासचिब डा. सुदर्शन गुरुङले सञ्चालन गरेका थिए ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ