
लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेमा नयां नेतृत्व सर्वसम्मत चयन भएको छ । आइतबार रोयल क्लव रेष्टुरेन्ट
ग्रीनफोर्ड लन्डनमा सम्पन्न कासेलीको सातौं सम्मेलनले शर्मिला सिंहको अध्यक्षतामा चौधौं कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सन् २०१७ देखि २०२० सम्म कार्यकाल रहने उक्त नयां कार्यसमितिमा अध्यक्ष शर्मिला सिंह, उपाध्यक्ष रुवी थापा, महासचिव खेमराज गौतम, सचिव निश्चल दाहाल, कोषाध्यक्ष पुनम पाठक, नृत्य संयोजक गिता थापा, संगीत संयोजक अमर लामा चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा रोजन भण्डारी, राजकुमार सिंह, उपासना भट्ट र सुवर्ण थापा क्षेत्री चयन भए । निर्वाचन अधिकृत मिनबहादुर बानियाले नयां कार्यसमिति घोषणा गरेका थिए ।
तीन दशकको इतिहासमा कोसेलीमा पहिलो पटक महिला अध्यक्ष चयन गरिएको हो । सम्मेलनपछि नवनिर्वाचित अध्यक्ष शर्मिला सिंहले आफूमाथि संस्था हांक्ने चुनौती आएपनि सबैको माया र सद्भावले अगाडि बढ्ने बताइन् । उनले नेपाली नृत्य कक्षा सञ्चालन, वेवसाइटको प्रभावकारी सञ्चालन, युवा पुस्तालाई कोसेली र नेपाली कला संस्कृतिप्रति आकर्षित गराउन पहल आदि गर्ने समेत बताइन् । कोसेलीले आगामी जुलाइमा ३१ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
यसअघि संस्थाका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवाहरु प्रमुख अतिथी डा. राघवप्रसाद धिताल (ओबीइ), खगेन्द्र नेपाली, ध्रुव केसी, कोडेक अध्यक्ष शंकर दाहाल, नेपाली साहित्य विकास परिषदका बीरेन्द्र कुंवर लगायतले शुभकामना दिंदै कोसेलीको नेपाली कला संस्कृति जगेर्ना गर्ने अभियानको प्रशंसा गरे । महासचिव खेमराज गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मनोज थापाले दिएका थिए ।
तस्विर/भिडियो: नेपालीसमाजयूकेडटकम
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न