काठमाडौँ, २१ चैत । सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ ।
‘असमानताको सम्बोधन ः सम्मान तथा सबैको भलाइ’ विषयमा केन्द्रित रहेर बङ्गलादेशको राजधानी ढाकामा भइरहेको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १३६औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो — “नेपालमा नयाँ संविधान जारी भएपछि गरिबी र असमानता घटाउने तथा सबैका लागि समान अवसर प्रदान गर्ने प्रयास भइरहेको छ ।”
सभामुख घर्तीमगरले नयाँ संविधान जारी भएपछि सबै क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्दै नेपाल विकासको गतिमा अघि बढेको बताउँदै द्वन्द्वको मुख्य कारक असमानता हो भन्नेमा आफूहरु सचेत रहेको भन्नुभयो ।
जारी संविधनले सामाजिक न्याय प्रदान गरेको, विशेष गरी महिलाको अधिकार सुनिश्चित गरेको, जनजाति, सीमान्तकृत तथा पछि परेका समुदायलाई मूलधारमा ल्याउन महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले असमानता घटाउन मानवीय सम्मान बढाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घर्तीले विकासका उपजलाई समान रुपमा वितरण गर्नुपर्ने बताउँदै उहाँले अतिकम विकसित, विकासोन्मुख र विकासिल मुलुकबीचको ठूलो अन्तरलाई सम्बोधन गर्न यस क्षेत्रका सबै मुलुकले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।
सम्मेलन यही चैत १९ देखि सुरु भई २३ गतेसम्म चल्नेछ ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता