लन्डन । बेलायती सेनाबाट दक्षिण सुडानमा तैनाथ हुन जाने शान्ति सैनिकलाई आफ्नो अनुभव, मिसनको भविष्य र तैनाथीका बारेमा जानकारी दिन नेपाली सेनाका उपरथी रमेशकुमार पुन बेलायत आउंदैछन् । आइतबार उनी काठमाण्डौंबाट प्रस्थान गरेका छन् ।
उपरथी पुन बेलायती सेनाको निमन्त्रणामा विषय विज्ञका रुपमा बेलायत आउन लागेका हुन् । नेपाली सेनाले विश्व शान्तिका लागि विभिन्न राष्ट्रमा तैनाथ भई पुरयाएको योगदानको कदर गरेको र त्यहाँ जानका लागि विज्ञका रुपमा बेलायत जस्तो समृद्ध राष्ट्रबाट अनुरोध हुनु नेपाल र नेपाली सेनाका लागी गौरवको कुरा भएको नेपाली सेनाले जनाएको छ ।
उपरथी पुन बेलायतस्थित रोयल मिलिटरी एकेडेमी सानड्रस्टबाट आयुक्त भई नेपाली सेनाको विभिन्न तहमा स्टाफ र शिक्षकको रुपमा कार्य गर्दै आएका छन् । हाल उनी नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयको महानिर्देशकको रुपमा कार्यरत छन् ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि उपरथी पुन आफ्नो पेशागत अवधिमा संयुक्त राष्ट्र सङ्घीय मिसन लेवनानमा इन्जिनियर प्लाटुन कमाण्डर, क्रोएसियामा मिलिटरी पर्यवेक्षक, सेरालियोनमा गणपति र दक्षिण सुडानको डेपुटी फोर्स कमाण्डरमा नियुक्त भएका थिए । दक्षिण सुडानमा १२ हजार पाँच सयभन्दा बढी सेना भएको संयुक्त राष्ट्र संघीय मिसनमा विश्वका करिव ७० राष्ट्रका सेनाको सहभागिता छ ।
उपरथी पुनले पटक पटक संयुक्त राष्ट्रसंघीय मिसनमा भाग लिई बटुलेको अनुभव र आफुले कुशलतापूर्वक कार्य सम्पादन गरेको अनुभव तथा दक्षता विश्व शक्ति राष्ट्रको सेनालाई आदानप्रदान गर्न पाउनु नेपाली सेना र मुलुककै लागि गौरवको कुरा भएको नेपाली सेनाले जनाएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?