लण्डन । ३५औँ मगर दिवस युकेमा मगरहरुले भब्यताका साथ मनाएका छन् ।
रिभरमेड लिजर सेन्टर, रेडिङमा आयोजित कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले भने, ‘मलाई तपाईहरुले दुर्गाबहादुर सुवेदी मगर भने पनि हुन्छ ।’
उनलाई कार्यक्रमस्थल पुग्नासाथ मगर संघ युकेका स्वयंसेवकहरुले मगर पहिरन पहिर्याएका थिए । तीन महिनाअघि नै मगर संघ युकेका अध्यक्ष नेम थापाले आफूलाई मगर बनाउने बताएको उल्लेख गर्दै उनले टठ्यौलो शैलीमा भने, ‘मेरो ससुराले अहिले मलाई देख्नुभयो भने कुन मगरलाई छोरी दिएछु भन्नुहुनेछ ।’
मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विश्व मगर संघ, बेल्जियमका वीरमान घर्तीमगर, मगर संघ पोर्चुगलका पूर्व अध्यक्ष रनबहादुर पुनमगर, तमुधिँ युकेका उपाध्यक्ष नन्दजंग गुरुङ्ग, थकाली सेवा समितिका ज्ञान शेरचन अतिथि रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, मिस युके नेपाल २०१६ टेनिसा रानामगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्याल, नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष सुरेशजंग शाह, मगर संघ वेल्स शाखाका सचिव कृष्ण जुग्जाली लगायतको शुभकामना मन्तब्य दिएका थिए ।
उपाध्यक्ष अनिता थापामगरले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा विभिन्न शाखाबाट आएका युवा मगरहरुले मगर गट ट्यालेन्ट शोमा आफ्ना प्रतिभा देखाएका थिए । जसमा स्वीण्डन ब्राञ्चका सविता राना प्रथम, केन्ट ब्राञ्चका इस्मि थापा र रिया थापा दोस्रो, वेल्स ब्राञ्चका विजय राना, पूर्ण राना, पुष्पा राना र लक्ष्मी रानाको समूह तेस्रो र युएचएसबी ब्राञ्चका सुरक्षा राना तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः ६००पाउण्ड, २५० पाउण्ड र १५०/१५० पाउण्ड पुरस्कार दिइएको थियो ।
गायक थिर थापा, नृत्यनिर्देशक सोम राना, दिप राना र यमुना आलेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको संचालन महासचिव लालबहादुर पुनले गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रम साँस्कृतिक सचिव तुलचन्द्र तिलिजाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट मगर पोशाक लगाउनेको छनौट सल्लाहकार भुमाया थापा र देवी आलेले गरेका थिए ।
मगरहरुले मगर संघ स्थापना भएको दिनलाई मगर दिवसका रुपमा मनाउने गरेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने