
लन्डन । नेपाली दूतावासले नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्विशतवार्षिकी पुरा भएको उपलक्ष्यमा भोलि १४ मार्च देखि साताव्यापी विशेष समारोहको तयारी पुरा गरेको छ ।
दूतावासका प्रवक्ता शरदराज आरणले सोमबार एक विज्ञप्ति जारी गर्दै पहिलो दिन मंगलबार समुदघाटन विशेष समारोह र नेपाली सांस्कृतिक महोत्सव हुने जनाएका छन् । उद्घाटन र समापन समारोहमा निम्तालुलाईमात्र प्रवेश दिइने र साथमा निम्ताको प्रिन्टेड कपी र परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उद्घाटन र समापन समारोहमा डिप्लोमेटिक एण्ड प्रोटेक्सन पुलिसले प्रवेशका बेला आफैं जांच गर्नेछ । ति दुई दिन नेपाल र बेलायतका उच्च पदस्थ अधिकारीहरु सहभागी हुने कार्यक्रम छ ।
समारोहको दोश्रो दिन १५ मार्चमा नेपाली पर्यटन महोत्सव, तस्विर र कला प्रदर्शनी गरिनेछ । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने