
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार किर्तीपुरस्थित क्रिकेट मैदानमा नेपाल र केन्यबीचको खेलमा विकेट झरेपछि खुसी हुदै नेपाली टोली । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।
वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा गरयो ।
वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाउँदा पानीले खेल रोकिएको थियो । डकवर्थ लुइस मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । तर केन्याले २१ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र केन्यबीचको भइरहेको खेल हेर्न उपस्थित दर्शक । तस्बिर ः रोशन सापकोटा, रासस
केन्याका कप्तान रकिप पटेलले २५औँ ओभरको पहिलो बलमा छक्का हान्दै आफ्नो टिमलाई जित दिलाए । जितसँगै केन्याले दुई अङ्क हासिल गरेको छ ।
यसअघि निर्धारित समयभन्दा करिब साढे दुई घन्टा ढिला मध्याह्न १२ बजेपछि खेल सुरु भएको थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएका थिए । उनले ३५ बलमा पाँच चौकासमेत हाने । यस्तै दीपेन्द्रसिंह ऐरीले १९, शक्ति गौचनले अविजित १८ तथा सोमपाल कामीले अविजित १५ रन बनाए । यस क्रममा दुवै जनाले दुई-दुई चौका प्रहार गरेका थिए । सागर पुनले १० रन बनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते