काठमाडौँ, १४ फागुन । विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम प्रभावित भएको छ ।
त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।
अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द निकटको अखिल (क्रान्तिकारी)ले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको जनाइएको छ ।
सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिका अनुसार निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले भने त्यसको विरोध गरेका छन् ।
मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज अनेरास्ववियु र नेवि सङ्घबीच झडपसमेत भएको थियो ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो