लन्डन । बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन गइरहेको ‘लुट २’ को लन्डन प्रिमियरका बेला नायकहरु दयाहाङ राई र सौगात मल्ल समेत उपस्थित हुने भएका छन् । गोर्खा वरियर्सले प्रस्तुत गर्न लागेको उक्त फिल्मको लन्डनस्थित हयारो सिनेमा हलमा ५ मार्चमा हुने प्रिमियरका अवसरमा नायकद्वयको सहभागिता हुने भएको हो ।
आयोजकमध्ये अल्बिन लिम्बुका अनुसार, उक्त फिल्म २५ फेब्रुअरीमा अल्डरसटको प्रिन्सेस हलमा समेत प्रदर्शन हुंदैछ । त्यसैगरि, ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी छ ।
निश्चल बस्नेत निर्देशित ‘लुट २’ को आइटम गीत लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार… अहिले खुबै हिट छ । ब्लकबस्टर ‘लुट’ को सिक्वेल यस फिल्म आशा गरिएको मध्ये एक हो । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भूमिका छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक