काठमाडाँै, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
सो अवसरमा सभामुख घर्तीले प्रधानमन्त्री दाहाललाई दलहरुबीच सहमति कायम गरी अघि बढ्ने वातावरणका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
मधेसवादी दलहरुले उठाएका मुद्दालाई सम्बोधन गर्न गत मङ्सिर १४ गते संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षीलगायत दलले निरन्तररुपमा संसद्को बैठक अवरुद्ध गर्दै आएका छन् ।
भेटका अवसरमा प्रम दाहालले आजैदेखि आफूले सहमतिका लागि आवश्यक पहल गर्ने सभामुखलाई अवगत गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते