
लन्डन । नयां शक्ति नेपालको बेलायतस्थित संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाअधिवेशन आगामी मार्च १९ का दिन हुने भएको छ । आइतबार निरमाया रोधीघरमा सम्पन्न बैठकले महाधिवेशनमार्फत नयाँ शक्तिको वैदेशिक संगठनमा प्रथम निर्वाचित कार्यसमिति चयन गर्ने निर्णय गरेको हो । अधिवेशन स्थानको निक्र्यौल आगामी अनलाइन बैठक मार्फत गरिने छ ।
बैठकले महाधिवेशन विशेष तयारीका लागि सुरज मास्केलाई आर्थिक विभाग, दिपक गैरेलाई संगठन विभाग र कर्मा पहाडीलाई व्यवस्थापन विभागको जिम्मेवारी तोकेको छ ।
उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो । बैठकको प्रथम चरणमा डा. बाबुराम भट्टराई लगायत केन्द्रीय नेताहरुको बेलायत भ्रमणको समीक्षा गरिएको थियो भने दोश्रो चरणमा डा. बाबुराम भट्टराईले भिडियो मार्फत आर्थिक विषयमा सम्बोधन गरेका थिए ।
बैठकले अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले आप्रवासी नेपालीहरुको संयुक्त लगानीमा नेपालमा एक आकर्षक सहकारी कार्यक्रम पनि शुरु गर्ने निर्णय गरेको छ । यसका लागि समाजले चांडै एउटा लगानी बोर्ड सार्वजनिक गर्ने छ ।
संयोजक भोला खनालको अध्यक्षतामा भएको उक्त बैठकले गत नोभेम्बर ११ देखि १५ तारिखसम्म भएको नयां शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नवराज सुबेदी, विश्वद्वीप पाण्डे तथा शंकर भण्डारी लगायतको बेलायत भ्रमण सकारात्मक भएको निष्कर्ष निकाल्दै भए गरेका गल्ती कमजोरी एवं त्रुटीहरुको आत्मालोचना गरेको थियो । भट्टराईको बेलायत भ्रमणका क्रममा २५ वटा कार्यक्रम सम्पन्न भएका थिए ।
मिडिया संयोजक बीरेन्द्र श्रेष्ठका अनुसार, छलफलको सिलसिलामा नेपाली शिक्षा क्षेत्रका परिचित तथा अनुभवी हस्ती तथा शिक्षा मन्त्रालयका पूर्व उपसचिव डा. भरत सिम्खडालाई नयां शक्ति प्रवेशको औपचारिक रुपले स्वागत गर्दै नयां नेपालको भावी शिक्षा नीति तथा कार्यक्रम सम्बन्धी विशेष जिम्मेवारी समेत दिइएको छ । डा. सिम्खडा बर्मिङहम युनिभर्सिटीका रिसर्च फेलो समेत भइसकेका छन् । डा. सिम्खडाले अबदेखि आफ्नो अमूल्य समय विशेष गरी नयां शक्ति मार्फत नेपालको शिक्षाको विकासमा सुम्पने प्रतिवद्धता पनि व्यक्त गरे ।
बैठकले मिडिया संयोजक बीरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली युवा अभियान केन्द्रको संयोजक मनोनित भएकामा श्रेष्ठलाई बधाइ दिएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई