लन्डन । बेलायतमा कार्यरत एक जना नेपाली चार्टर्ड अकाउन्टेन्ट शैलेश ओझाले पाणिनी संस्कृत विद्यालय, बिराटनगरमा अध्ययनरत २५ बटुकहरुलाई दुई महिनाका लागि खाद्यान्न प्रवन्ध गरिदिएका छन् । ओझाले मुठी दान अन्तर्गत बाला चतुर्दशीका दिन आफ्नो जन्मदिन पारेर उक्त पूण्य कार्य गरेका हुन् । ति बटुक र गुरुहरुलाई खान, बस्न र लगाउने प्रवन्ध गर्न पाएकामा ओझाले खुशी व्यक्त गरे ।
ओझाले एजुकेशन नेपाल ग्लोबल सामाजिक संस्था मार्फत इटहरीको शैक्षिक क्षेत्रमा विगत देखि नै सहयोग गर्दै आएका छन् ।
संस्थापक अध्यक्ष स्व.पण्डित खगेश्वर न्यौपानेले वि.स. २०५५ साल मा स्थापना गरेको पाणिनी संस्कृत विद्यालय, विराटनगर ६ वरगाछीमा संस्कृत व्याकरण, वेद, सनातन कर्म पद्दति खास गरी गुरूकुलीय शिक्षा प्रदान गरिन्छ । प्रारम्भिक तह ५ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयको उद्देश्य संस्कृत भाषाको ज्ञान लिन प्रेरित विद्यार्थीलाई उत्प्रेरित गर्नु रहेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]