किराँत समुदायको चासोक तङ्नाम मनाइँदै

15380622_10154779796650917_2975324647986776382_n

पाँचथर, २८ मङ्सिर । किराँतको महान् पर्व चासोक तङ्नाम अर्थात् न्वागी पूजा जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विशेष गरी पूर्वका विभिन्न भेगमा बसोबास गर्ने लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

न्वागी पूजा गर्न आज बिहानैदेखि सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटीलगायत किराँत मन्दिरमा किराँत धर्मावलम्बीको भिड लागेको छ । यही अवसरमा किराँत याक्थुङ चुम्लुङले आज ऐतिहासिकस्थल हिलिहाङमा लिम्बुवानी वनभोज र चासोक तङ्नाम विशेष कार्यपत्र प्रस्तुतिका एवं सुम्जिरी सुम्हात्लुङ संरक्षण तथा विकास समितिले नौ किमी लामो मिनी म्याराथनको आयोजना गरेको छ ।

प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बूले चासोक र राईले उधौली पर्वका रुपमा मान्दै आएका छन् ।

केही वर्षयता सरकारले मङ्सिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतको बाहुल्य भएका ताप्लेजङ, पाँचथर, इलाम, धनकुटा तेहथुम, सङ्खुवासभा, झापा, मोरङ र सुनसरीमा साथ मनाउने गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री