काठमाडौँ, २६ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउनुभएको छ ।
अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उहाँले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बताउनुभयो ।
उहाँले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राख्नुभयो । “कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उहाँले भन्ननुभयो, “तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।”
उहाँले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे सङ्घर्ष गर्न पनि तयार रहेको धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिर्गान नसोच्न आग्रह गर्नुभयो । “अहिलेसम्म पुर्खाले देशलाई जोगाएका छन्”–उहाँले भन्नुभयो, “यो संसद् हामीले बनाएको हुनाले देशलाई तलमाथि हुन दिदैँनौँ ।”
उहाँले आफू देश र जनताका लागि लडिरहनु पर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताउनुभयो । “देशमा स्वाभीमान र थिचोमिचोका विरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ”–उहाँले भन्नुभयो, “यस्तो बेला चुप लागेर म राजनेता भएर बस्न सकिन्न । त्यसैले राजनेता हुने मलाई मन छैन ।”
उहाँले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तीकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो ।
एमाले केन्द्रीय सदस्य सावित्री भुसालले पार्टीले महिला हिंसाविरुद्ध आचारसहिंता बनाएको उल्लेख गदै सबै महिला हिंसा अन्त्य गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले महिला हिंसा अन्त्य महिला र पुरुषले मिलेर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अमृता थापामगर, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, अनेरास्ववियुकी अध्यक्ष नविना लामालगायतले महिला हिंसा अन्त्य गर्न सबै राजनीतिक दलले एउटै एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते