लन्डन । बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् । हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् ।
इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिष्पर्धीमध्येबाट छनोट भएर तालिम लिइ उत्तिर्ण २३२ गोर्खा, तिनका परिवार र बेलायती सैन्य अधिकृतहरु कार्यक्रममा सहभागी थिए । ८ जना गोर्खा भने घाइते भएका कारण उनीहरुले आउने वर्षको शुरुतिर पास आउट गर्ने जनाइएको छ ।
ब्रिटिश आर्मीमा गोर्खा भर्ती संख्या बढाइने योजनाबीच इन्फेन्ट्री ट्रेनिङ सेन्टर, क्याट्रिकमा नयां भान्सा घर (मेसिङ हट) पनि बनाउन शुरु भएको छ । गोर्खा कम्पनी स्टाफहरुले निर्माण गरिरहेको उक्त घरले नयां भर्ती भएकाहरुलाई खाना पकाउन खान, कक्षा लिन र समकक्षी एवं प्रशिक्षकहरुबीच बाह्य वातावरणमा घुलमिल (सोसलाइज) हुन अवसर दिने आशा गरिएको छ ।
मेसिङ हट प्रोजेक्ट म्यानेजर क्याप्टेन मिनजंग गुरुङले फोर्सेस टिभीसंग कुरा गर्दै दाउरा बालेर मेसिङमा पकाएको खानाको स्वाद नै बेग्लै हुने बताए । नेपाली परिवेश अनुसार यस्तो भान्सा घर गोर्खाहरुलाई उपयुक्त हुने उनको विश्वास छ ।
विश्वका विभिन्न युद्धमा सहभागी गोर्खा ब्रिटिस सेनाको अभिन्न अंग रहंदै आएका छन् । गत वर्ष ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइएको थियो । बेलायती राजपरिवारमा समेत गोर्खाहरुको साहस र वीरताको प्रशंसा हुंदै आएको छ । बेलायती राजकुमार हयारीले आफू गोर्खाहरुमाझ सधैं सुरक्षित महशुस गर्ने बताउंदै आएका छन् । ह्यारी कुनै बेला गोर्खाहरुकै साथ अफगानिस्तान युद्धमा सामेल थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित