लन्डन । बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् । हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् ।
इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिष्पर्धीमध्येबाट छनोट भएर तालिम लिइ उत्तिर्ण २३२ गोर्खा, तिनका परिवार र बेलायती सैन्य अधिकृतहरु कार्यक्रममा सहभागी थिए । ८ जना गोर्खा भने घाइते भएका कारण उनीहरुले आउने वर्षको शुरुतिर पास आउट गर्ने जनाइएको छ ।
ब्रिटिश आर्मीमा गोर्खा भर्ती संख्या बढाइने योजनाबीच इन्फेन्ट्री ट्रेनिङ सेन्टर, क्याट्रिकमा नयां भान्सा घर (मेसिङ हट) पनि बनाउन शुरु भएको छ । गोर्खा कम्पनी स्टाफहरुले निर्माण गरिरहेको उक्त घरले नयां भर्ती भएकाहरुलाई खाना पकाउन खान, कक्षा लिन र समकक्षी एवं प्रशिक्षकहरुबीच बाह्य वातावरणमा घुलमिल (सोसलाइज) हुन अवसर दिने आशा गरिएको छ ।
मेसिङ हट प्रोजेक्ट म्यानेजर क्याप्टेन मिनजंग गुरुङले फोर्सेस टिभीसंग कुरा गर्दै दाउरा बालेर मेसिङमा पकाएको खानाको स्वाद नै बेग्लै हुने बताए । नेपाली परिवेश अनुसार यस्तो भान्सा घर गोर्खाहरुलाई उपयुक्त हुने उनको विश्वास छ ।
विश्वका विभिन्न युद्धमा सहभागी गोर्खा ब्रिटिस सेनाको अभिन्न अंग रहंदै आएका छन् । गत वर्ष ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइएको थियो । बेलायती राजपरिवारमा समेत गोर्खाहरुको साहस र वीरताको प्रशंसा हुंदै आएको छ । बेलायती राजकुमार हयारीले आफू गोर्खाहरुमाझ सधैं सुरक्षित महशुस गर्ने बताउंदै आएका छन् । ह्यारी कुनै बेला गोर्खाहरुकै साथ अफगानिस्तान युद्धमा सामेल थिए ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह