
काठमाडौँ, ७ मङ्सिर । भाषा आयोगले आफ्नो कार्यक्षेत्र र भावी योजनाका सम्बन्धमा सरोकार भएकाहरुको सुझाव लिन थालेको छ ।
नेपालको संविधानको धारा २८७ बमोजिम गत भदौ २३ मा गठित सो आयोगले आज पहिलो औपचारिक कार्यक्रम गरी विभिन्न भाषाभाषीका विज्ञ तथा ‘गोरखापत्र’ दैनिकको मातृभाषाका पृष्ठ संयोजकसँग छलफल गरेको हो ।
आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संविधानको व्यवस्था बमोजिम एक वर्षभित्र वैज्ञानिक विश्लेषण गरी कामकाजी भाषाको यकिन गरिने बताउँदै त्यसपूर्व कामकाजी भाषाको मान्यता पाउने आधार तयार गरिने जानकारी दिनुभयो ।
नेपालमा बोलिने सबै भाषाको स्थान सुरक्षित गर्ने काममा आफूहरु योजनाबद्ध रुपमा लाग्ने उहाँले बताउनुभयो । छवर्षीय कार्यकाल रहेको सो आयोगमा सदस्य भने नियुक्त भएका छैनन् । संविधानमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सदस्यीय आयोग गठनको व्यवस्था छ ।
भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पूर्ण सत्यता नरहेको बताउँदै कम्तीमा ६०÷७० प्रतिशतले बोल्ने भाषालाई मात्र कामकाजी भाषाको मान्यता दिन सुझाव दिनुभयो ।
हाल सात कर्मचारीलाई काजमा लिएर सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पर्क कार्यालय राखेको आयोगले आफ्नै कार्यालय भवनका लागि सार्वजनिक सूचना प्रकाशन गरेको आयोगका उपसचिव गणेशप्रसाद भट्टराई जानकारी दिनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय