काठमाडौँ, ६ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै जिम्मा दिएको छ ।
पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको र आज बस्ने प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिइएको प्रवक्ता भुसालको भनाइ छ ।
साथै पार्टीको आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठकको आयोजना गरिने भएको छ ।
बैठकमा मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन भइरहेको पहल, प्रमुख तीन राजनीतिक दलको बीचमा भइरहेको छलफल तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरुले सामान्य धारणा राख्नुभएको थियो ।
नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष दाहालले आज साँझ प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । मधेस केन्द्रित दलले संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउन १५ दिनको समयसीमा दिएको सन्दर्भमा आजको बैठक महत्वपूर्ण हुने बताइएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक