लन्डन । लन्डन दूतावासले बेलायतीलाई नेपाल घुम्न जान अनुरोध गरेको छ । एभरेष्ट इन ग्रुपले दीपावलीका अवसरमा बेलायतीमाझ आयोजना गरेको एक कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै एकपटक नेपाल जान अनुरोध गरे । नेपाल घुमिदिए भूकम्पपछि तंग्रिरहेको नेपालको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने उनको आशा थियो । आरणले यही नोभेम्बर ८ (मंगलबार) सांझ दूतावासमा पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागिएको समेत जानकारी दिए । वेष्ट भ्यालू डेस्टिनेसन नेपाल नाम दिइएको उक्त कार्यक्रममा विदेशी पर्यटक, लेखक, आरोही लगायतलाई निम्त्याइएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले पनि नेपाल एक पटक भ्रमण गर्नैपर्ने देश भएको बताए । उनले भूकम्पपछि पनि नेपाल घुम्न सुरक्षित रहेको उल्लेख गरे ।
ग्रुपका निर्देशक यादव भण्डारीले नेपालको पर्यटन प्रवर्धनसंगै नेपाली कुजिन, न्यानो आतिथ्य र संस्कृतिमार्फत बेलायतीलाई नेपालतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट्याए । कार्यक्रममा आसफोर्ड केन्ट मेयर, गोर्खा मेजर बुद्धिबहादुर भण्डारी, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल घुमेका पर्यटक, टाभल व्यवसायी लगायत सहभागी थिए ।
कार्यक्रममा नेपालको पर्यटन सम्वन्धि एउटा वृत्तचित्र समेत प्रदर्शन गरियो । उक्त अवसरमा एभरेष्ट इन ग्रुपले विदेशी पाहुनालाई टिका, खादाले सम्मान गर्दै दीपावलीको महत्व दर्शाएको थियो । कार्यक्रममा स्थानीय मोडल सुस्मिता थापाले तिहार गीतमा आकर्षण नृत्य गरिन् भने सहभागी विदेशी पाहुनाले समेत सुस्मितालाई नाचगानमा साथ दिएका थिए ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]