लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भूपू गोर्खाहरुको माग सम्वोधन र समाधान ज्वलन्त मुद्दा रहेको उल्लेख गर्दै कुटनीतिक संवादद्वारा यसको सामाधान गर्न पहल गर्ने बताएका छन् । ‘यो राजनीतिक भन्दा कुटनीतिक रुपमा सम्वोधन गर्न जरुरी छ’, लन्डन मिसन सम्हालेको आठौं दिन शुक्रबार सांझ दूतावास भवनमा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुमाझ उनले भने, ‘यो दुई सरकारबीचको कुरा हो । युरोपेली अदालतले गोर्खाहरुको विपक्षमा फैसला गरिसकेको अवस्थामा यसको समाधान सहज र सजिलो भने छैन् ।’
उनले भूपू गोर्खाहरुलाई आफ्ना माग लिएर युरोपेली अदालत गइहाल्न नहुने पनि बताए । ‘यसले असहज र अप्ठ्यारो परिस्थिति निम्त्याएको छ तर सहमति, सम्झौता र सकारात्मक निचोडमा पुगिने मेरो विश्वास छ’, उनले भने ।
सुवेदीले भूपू गोर्खा प्रतिनिधिहरुसंग छिट्टै भेटघाट गर्ने कार्यक्रम छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड