लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई गैर आवासीय नेपाली संघ बेलायतसहित विभिन्न संघसंस्थाले स्वागत गर्ने भएका छन् ।
गत साता लन्डन आइपुगेका राजदूत सुवेदीलाई आगामी १६ अक्टोबर, आइतबार अपरान्ह अल्डरसटस्थित एम्पायर ब्यांक्यूटिंग हलमा स्वागत गर्न लागिएको हो । एनआरएनए यूकेले कार्यक्रमबाट दूतावास र बेलायतस्थित नेपाली समुदायबीचको सम्वन्ध अरु बढ्ने अपेक्षा गरेको छ ।
यसैबीच, राजदूत सुवेदीले यही शुक्रबार सांझ बेलायतमा क्रियाशील नेपाली सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम राखेका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]