
काठमाडौँ, १८ असोज । चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले आज जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो ।
भूकम्प र भारतसँगको सीमा क्षेत्रमा उत्पन्न अवरोधका साथै विप्रेषण आयमा भएको कमीले गत आवमा नेपालको आर्थिक वृद्धिदरमा बढोत्तरी हुन नसकेको वास्तविकता उक्त प्रतिवेदनले औँल्याएको छ ।
मनसुनको सकारात्मक प्रभाव कृषि क्षेत्रमा परेकाले कृषिको योगदान कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य हुने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक