लन्डन । गैर आवासीय नेपालीलाई नेपालमा कानुन व्यवसाय गर्न रोकिएपछि त्यसको विरोध भएको छ । नेपाल कानुन परिषदले गत ६ असोजमा कानुन व्यवसायी सुरेन्द्र श्रेष्ठको अधिवक्ताको प्रमाणपत्र नवीकरण हुन नसक्ने निर्णय गरेपछि प्रगतिशील नेपाली समाज बेलायतले ध्याकर्षण भएको जनाउंदै गैर आवासीय नेपालीमाथि अन्याय गरिएको ठहर गरेको छ ।
समाजको महाधिवेशन आयोजक समिति संयोजक सुरेश गौतमले एक विज्ञप्ति जारी गरि नेपालको संविधानले गैर आवासीय नेपालीलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको अवस्थामा श्रेष्ठको अधिवक्ताको प्रमाणपत्र नवीकरण नहुनु दुःखद भएको जनाउंदै नेपालमा व्यवसाय गर्न चाहने गैर आवासीय नेपालीलाई व्यवधान गर्ने कानुनी प्रवाधानहरु अविलम्ब हटाउन माग गरेका छन् ।
विज्ञप्तिमा गैर आवासीय नेपालीलाई नेपालमा ब्यापार, ब्यवसाय, उद्योग तथा लगानी गर्ने कानुन अविलम्ब बनाएर संविधानको धारा १४ को प्रावधानलाई अविलम्ब कृयाशिल बनाउन नेपाल सरकार तथा ब्यवस्थापिकासंग जोडदार माग गरिएको छ ।
देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नभएका लगायत विविध कारणले विदेश जानु परेका नेपालीहरुले सिकेको ज्ञान, सिप, अनुभव तथा दक्षतालाई नेपालको हितमा प्रयोग हुने गरी नेपालमा गैर आवासीय नेपालीलाई व्यापार, व्यवसाय, उद्योग तथा लगानी गरी बसोबास गर्न नेपाल सरकारले अविलम्ब व्यवस्था मिलाओस् भन्ने अपिल समेत समाजले गरेको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह