लन्डन । नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजंग शाह सत्यमोहन जोशी शताव्दी पदक २०७३ बाट सम्मानित हुने भएका छन् । परिषद यूकेले शाहसहित नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, संयोजक सल्लाहकार वरिष्ठ साहित्यकार कवि गोपाल पराजुली लगायत पुरस्कृत हुने १६६ व्यक्तित्वलाई वधाई दिएको छ ।
अग्रणी साहित्यिक संस्था त्रिमूर्ति निकेतनले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शताब्दी महोत्सवका अवसरमा महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित देशदेशान्तरका १६६ जनालाई उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो ।
त्रिमूर्ति दिवसका अवसरमा आगामी मंसीर १ गते काठमाडौंमा पदक प्रदान गरिनेछ ।
नेपाली साहित्य विकास परिषद यूकेका कार्यवहाक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले एक विज्ञप्ति जारी गर्दै त्रिमुर्ति निकेतनप्रति हार्दिक आभार र पुरस्कृत श्रष्टालाई वधाइ दिएका छन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न