
लन्डन । क्लव फिप्टी यूकेले दशैंका अवसरमा शनिबार सांझ एक शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लन्डन अल्पर्टनस्थित सन लाउन्जमा घटस्थापनाकै दिन कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष उत्तम खड्काको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान, विभिन्न व्यक्तित्वलाई सम्मान र डिजे गीत संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष खड्काले शुभकामना मन्तव्य दिंदै संस्थाले गरेका सामाजिक तथा कल्याणकारी गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजसेवी एवं संस्थाका सल्लाहकारहरु ध्रुव केसी, हरि केसी र हरिसिंह थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु रमेश लामा र बीरु लामाले जोडदार गीत प्रस्तुत गरे । आयोजकले उनीहरुलाई पनि खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूकेका पूर्व महासचिव रामशरण सिम्खडा, साहित्यकार विकलचन्द्र आचार्य, लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक राजकुमार त्रिपाठी, प्रधान सम्पादक शिव भण्डारी, व्यवसायी कमल पौडेल, बुद्धिजिवी डा. पुरुषोत्तम पौडेल, फोटो पत्रकार एभरेस्ट गौतम, समाजसेवी धनबहादुर तामाङ, डा. राजु श्रेष्ठ, बुद्धि तामाङ, तारा पौडेल, देउराली ट्राभल्स् निर्देशक आशिष पन्त, राज विष्ट, बल रायमाझीलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रम संस्थाका महासचिव भरत रोकाले सञ्चालन गरेका थिए ।
तस्विरः एभरेष्ट गौतम
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश