
लन्डन । टोरी सरकार र होम अफिसले आफूहरुलाई ज्यादती गरेको, विना प्रमाण नक्कली परीक्षाको आरोप लगाएको र आधारहीन तथ्यको आधारमा दुःख दिएको भन्दै टोयक पीडित विद्यार्थीले आइतबार प्रदर्शन गरेका छन् ।
पीडित विद्यार्थीको समूहले टोरी हेडक्वाटर अगाडि प्रदर्शन गरेको हो ।
यूके विद्यार्थी युनियन (एनयूएस) को संयोजकत्वमा भएको उक्त कार्यक्रममा टोयक पीडित विद्यार्थीले ब्यानर, पम्पलेट र प्ले कार्ड बोकेर आफूलाई अन्याय भएको कुरा व्यक्त गरे ।
होम अफिसले करिब ५६ हजार अन्तर्राष्टिय विद्यार्थीलाई टोयक अंग्रेजी भाषा परीक्षामा चिट चोरेको आरोपसहित भिजा रद्द गरिदिने, भिजा आवेदन अस्वीकार गरिदिने, देश निकाला गर्ने वा गिरफ्तार गरेर डिटेन्सन सेन्टरमा राख्ने काम गर्दै आएको थियो । यसबाट पीडित नेपाली विद्यार्थी करिब तीन हजार रहेको अनुमान छ ।
यही अक्टोबर २५ मा हुने मेजर टोयक केसको सुनुवाइ अगाडि प्रदर्शन गरिनुले विशेष अर्थ राख्ने बताइएको छ । पीडित विद्यार्थी र केही च्यारिटी संस्थाको सहयोगमा टोयकको निराधर आरोपविरुद्ध सरकार सामु कडा रुपमा प्रस्तुत गर्न यसै महिनाभित्र लवीको औपचारिक लज गर्ने तयारी पनि छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]