
लन्डन । टोरी सरकार र होम अफिसले आफूहरुलाई ज्यादती गरेको, विना प्रमाण नक्कली परीक्षाको आरोप लगाएको र आधारहीन तथ्यको आधारमा दुःख दिएको भन्दै टोयक पीडित विद्यार्थीले आइतबार प्रदर्शन गरेका छन् ।
पीडित विद्यार्थीको समूहले टोरी हेडक्वाटर अगाडि प्रदर्शन गरेको हो ।
यूके विद्यार्थी युनियन (एनयूएस) को संयोजकत्वमा भएको उक्त कार्यक्रममा टोयक पीडित विद्यार्थीले ब्यानर, पम्पलेट र प्ले कार्ड बोकेर आफूलाई अन्याय भएको कुरा व्यक्त गरे ।
होम अफिसले करिब ५६ हजार अन्तर्राष्टिय विद्यार्थीलाई टोयक अंग्रेजी भाषा परीक्षामा चिट चोरेको आरोपसहित भिजा रद्द गरिदिने, भिजा आवेदन अस्वीकार गरिदिने, देश निकाला गर्ने वा गिरफ्तार गरेर डिटेन्सन सेन्टरमा राख्ने काम गर्दै आएको थियो । यसबाट पीडित नेपाली विद्यार्थी करिब तीन हजार रहेको अनुमान छ ।
यही अक्टोबर २५ मा हुने मेजर टोयक केसको सुनुवाइ अगाडि प्रदर्शन गरिनुले विशेष अर्थ राख्ने बताइएको छ । पीडित विद्यार्थी र केही च्यारिटी संस्थाको सहयोगमा टोयकको निराधर आरोपविरुद्ध सरकार सामु कडा रुपमा प्रस्तुत गर्न यसै महिनाभित्र लवीको औपचारिक लज गर्ने तयारी पनि छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश