
लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू) बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताउनु भएको छ ।
बेलायतती महारानीले गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताउनुभएको छ ।
कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा आइतबार मेले सो कुरा प्रष्ट पार्नु भएको हो ।
बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि गरयो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।
यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो ।
उहाँल आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेको भए पनि महिनादिन मात्र पनि पदमा बस्न सहज ठान्नुभएन र निस्किनु भएको थियो ।
यसपछि कन्जरभेटिभ पार्टीका नेत्री टेरेसा मेले बेलायतमा दोस्रो महिला प्रधानमन्त्री कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यारम्भ चुनौतीबाट सुरु भएको थियो ।
बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि ४८ प्रतिशतले युरोपियन युनियनमा बसिरहने निर्णय गरेका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई