
लन्डन । बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गर्नुभएको छ ।
बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आइतबार बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिनुभएको थियो ।
राससका अनुसार, अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गर्नुभएको थियो । अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही हुनुभएको थियो । आँखा अस्पतालले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेकोप्रति उहाँले प्रशंसा गर्नुभएको थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गर्नुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार