लन्डन । पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित पहिलो फिल्म गाजलु सिनेवर्ल्डका ९ वटा सिनेमा हलमा फेरि प्रदर्शन हुने भएको छ । उक्त फिल्म अल्डरसटको सिनेवर्ल्डमा आज शुक्रबार बेलुका ८ बजे, फेल्थाममा शनिबार बेलुका ८.४० बजे, वेम्लीमा शनिबार दिउसो १.३० बजे, नटिंगहाममा आइतबार ४.४५ बजे, आसफोर्डमा शनिबार ७.३० बजे, ओटु नर्थ ग्रीनवीचमा आज शुक्रबार बेलुका ८.३० बजे, स्वीन्डन स रिजमा शनिबार ४.३० बजे, म्यानचेष्टर डिड्सबरीमा आइतबार २.२० बजे र स्कटल्याण्डको एडिनबरामा आइतबार दिउसो ३.१० बजे प्रदर्शन गर्न लागिएको आयोजक इन्फा यूकेका प्रशान्त थापाले जनाए ।
यसअघि अल्डरसटमा विशेष प्रिमियरपछि गाजलु सिनेवर्ल्डका यूकेभर दशवटा हलमा सफलतापूर्वक प्रदर्शन भइसकेका थिए ।
बेलायतमा नेपाली चलचित्र प्रवर्धन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको प्रशान्तले बताए । इन्फा यूकेले उत्कृष्ट नेपाली फिल्म बेलायतको नामी सिनेमा हलमा नियमित रुपमा प्रदर्शन गर्ने योजना बनाएको छ । हेमराज बिसी निर्देशित उक्त चलचित्र रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा श्रृष्टि, अनमोल केसी लगायतको अभिनय छ र यसले पूर्व कुमारीहरुको वास्तविक यथार्थ समेटेको छ ।
फिल्मले यूके र नेपालमा आशातित सफलता पाएपछि नायिका श्रृष्टि दंग छन् । श्रृष्टि बेलायतकै स्थायी बासिन्दा भएकाले पनि बेलायतवासी नेपालीले उनी अभिनित गाजलु मन पराएका छन् ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल