लन्डन । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले २९ सेप्टेम्बरबाट नेपाली दूतावास लन्डनमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण लगत्तै राजदूत सुवेदीले सेवा जनमैत्री र अझ प्रभावकारी बनाउन समय समेत हेरफेर गर्ने निर्णय गरेका छन् ।
दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवा सहज बनाइ शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्न आगामी ३ अक्टोबर, ०१६ देखि लागू हुने गरि भिसा सेवा बिहान ९.१५ देखि अपरान्ह ३.१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ९.१५ देखि अपरान्ह ५ बजेसम्म गर्ने निर्णय सुवेदीले गरेको दूतावासले जनाएको छ ।
यसअघि मध्यान्ह १२ बजेसम्ममात्र सेवा प्रदान गरिन्थ्यो । समय थपपछि नेपाल भ्रमण गर्ने पर्यटकहरु र समस्त नेपाली लाभान्वित हुने विश्वास छ ।
पदबहाली गर्दै राजदूत सुवेदीले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्वन्ध थप प्रगाढ बनाइ नेपाल र नेपालीको आर्थिक, सामाजिक विकासका लागि दूतावास सधैं प्रयत्नशील रहने अठोट व्यक्त गरेका छन् । तस्विरहरुः नेपाली दूतावास
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?