लन्डन । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले २९ सेप्टेम्बरबाट नेपाली दूतावास लन्डनमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण लगत्तै राजदूत सुवेदीले सेवा जनमैत्री र अझ प्रभावकारी बनाउन समय समेत हेरफेर गर्ने निर्णय गरेका छन् ।
दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवा सहज बनाइ शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्न आगामी ३ अक्टोबर, ०१६ देखि लागू हुने गरि भिसा सेवा बिहान ९.१५ देखि अपरान्ह ३.१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ९.१५ देखि अपरान्ह ५ बजेसम्म गर्ने निर्णय सुवेदीले गरेको दूतावासले जनाएको छ ।
यसअघि मध्यान्ह १२ बजेसम्ममात्र सेवा प्रदान गरिन्थ्यो । समय थपपछि नेपाल भ्रमण गर्ने पर्यटकहरु र समस्त नेपाली लाभान्वित हुने विश्वास छ ।
पदबहाली गर्दै राजदूत सुवेदीले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्वन्ध थप प्रगाढ बनाइ नेपाल र नेपालीको आर्थिक, सामाजिक विकासका लागि दूतावास सधैं प्रयत्नशील रहने अठोट व्यक्त गरेका छन् । तस्विरहरुः नेपाली दूतावास
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार