लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो ।
राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
सुवेदीले बेलायती विदेश मन्त्रालय (एफसीओ) मा कागजात बुझाएपछि औपचारिक रुपमा आजैबाट मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले पछि तय गर्नेछ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा लन्डन मिसन लामो समय राजदूत बिहीन रह्यो । डा. सुरेशचन्द्र चालिसे चार वर्षे कार्यकाल सकिएर फर्किएपछि तेजबहादुर क्षेत्री र शरदराज आरनले कार्यवहाक राजदूतका रुपमा मिसन सम्हालेका थिए ।
नयां राजदूतको आगमनसंगै बेलायतस्थित नेपाली डायस्पोरा पुलकित छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?