पूर्वको सुन्दर नगरी इलाम जति सुन्दर छ त्यति नै सुन्दर र मीठो स्वरका धनी थोमस थुलुङ राई नेपाली गीत–सङ्गीतका क्षेत्रमा चिरपरिचित नाम हो । सानैदेखि नै एउटा राम्रो गायक भन्ने उद्देश्यले यो क्षेत्रमा आएका थोमसको पछिल्लो परिचय भनेको गायकसँगै प्राविधिक पनि हो ।
म्युजिक ऐरेन्जरको काम गर्ने उनले ३५ सय जति गीतमा स्वर दिएका छन् । २०६७ सालमा रेडियो नेपालबाट आधुनिक गीत गायनमा स्वर परीक्षा उतीर्ण गरेका उनले ०६१ सालमा पहिलो एल्बम माधवप्रसाद घिमिरेको हातबाट विमोचन गरेका थिए । उक्त क्षणलाई आफ्नो जीवनको सबैभन्दा अविष्मणीय क्षण भएको बताउँछन् उनी ।
थोमसले ‘सहयात्रा’, ‘संयोग’, ‘संयोग’ भाग–२, ‘अभ्यास’, ‘माई फिलङ्स’ जस्ता एक दर्जनभन्दा बढी एल्बम स्रोता दर्शकमाझ ल्याएका छन् । एक दशकदेखि नेपाली गीत–सङ्गीतमा निरन्तर लागिपरेका थोमसले २५ सयभन्दा बढी गीत रेकर्डस् गराएका छन् । ललितकलाका अब्बल विद्यार्थी उनले साउण्ड इन्जिनियर र गायनलाई सँगसँगै अघि बढाएका छन् ।
उनी चाँडै नयाँ एल्बम स्रोता दर्शकमाझ ल्याउन लागेको बताउँछन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश