लन्डन । किराँत राई यायोक्खा केन्द्रिय कार्यसमिति, बेलायतको १३ औं वार्षिक साधारणसभा किराँत राई मांखिम तथा साकेलास्थल किराँत भवनमा गत शनिबार सम्पन्न भयो । किराया बेलायत, केन्द्रका अध्यक्ष पदमबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेपालका क्रान्तिकारी योद्धा स्वर्गीय रामप्रसाद राईका छोरा, तेह्रथुम जिल्ला किराँत राई यायोक्खा नेपालका अध्यक्ष मानबहादुर राईले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए ।
सभामा किराँत राई यायोक्खा केन्द्रिय कार्यसमिति बेलायतको बार्षिक, संगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । वृहत छलफलपछि संगठनको संशोधित विधानको मस्यौंदा र आगामी वर्षको भावी योजनालाई पनि सर्वसम्मतिले पास गरेको थियो ।
उक्त सभामा बेलायतका क्रियाशील १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरुको उपस्थिति थियो । संस्थाका महासचिव जितेन्द्र साम्पांग राईले संस्थाको वार्षिक प्रतिवेदन र संस्थाकी सह–कोषाध्यक्ष निलम राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभा–अध्यक्ष राईले मन्तब्यको क्रममा भने, ‘संस्थाको मध्यमबाट किराँत राईहरुका भाषा, धर्म, संस्कार, संस्कृति र संगीतजस्ता विभिन्न क्षेत्रको विकास र बिस्तारका लागि नेपालका वरिष्ठ गायक जितेन राई र सरला राईलाई बेलायतको नेपाली समाजमाझ सांगीतिक प्रस्तुतिका साथ उपस्थित गराएका छौं । कलाकार संघ बेलायतका कलाकारहरुका गीत संगीतलाई प्रोत्साहन गराउँदै अगाडि बढाउनका लागि संस्थाबाट लगानी गरेका छौं ।’
यस अलवा बेलायतबासी नेपालीहरुको गीत संगीतलाई प्रोत्साहन गराउंदै अगाडि बढाउनका लागि संस्थाबाट लगानी गरिरहेको पनि अध्यक्ष राईले बताए । नेपालमा गएको बिनाशकारी महाभूकप्प पीडित, आर्थिक स्थिति कमजोर भएका बिरामीलाई उपचारका लागि र बाढी पहिरो लगायत नेपालका विभिन्न क्षेत्रमा अर्थिक सहयोगमा सहयोग गरिरहेको अध्यक्ष राईले अवगत गराएका थिए ।
पुस्तक विमोचन
उक्त कार्यक्रमको अवसरमा नेपाली राजनीतिमा जनजाति नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
किराँत राई यायोक्खा बेलायतका सल्लाहकार अधिवक्ता चण्डीराज राईद्धारा लिखित उक्त पुस्तक सभा–अध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरुका बाहुलीबाट सामूूहिक रुपमा बिमोचन गरिएको थियो ।
विमोचनपछि पुस्तकको समीक्षा गर्दै सभाध्यक्ष राईले बेलायतमा रहेर पनि नेपालको राजनीतिक परिवर्तन र त्यसबाट नेपाली जनतामा परेको प्रभाव बारेमा गहिरो चासो राखेर तयार भएको उक्त पुस्तकको अध्ययन गरेमा राजनीति पार्टी, संगठन र संघ–संस्थामा काम गर्ने सबै समाजसेवीहरुलाई उपयोग हुने बताए ।
आफ्नो राजनीति शास्त्रको (एमए) मास्टर डिग्री तहको अध्ययनको अन्तमा आठौं पत्रको शोधपत्र तयारी गर्दा त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागले उच्चमूल्यांकन गरेको त्यो पुस्तकको रुपमा पहिलो पटक २०५६ सालमा प्रकाशन भएको थियो ।
पहिलो संस्करणमा २०४८ देखि २०५६ सालसम्मको नेपालको जात–जाती तथा जनजातिको जनसंख्याको आधारमा राजनीति तथा जनप्रसाशन सेवामा जनजातिहरुको सहभागिताको विश्लेषण गरिएको लेखक राईले बताए । पछिल्लो समयमा माओवादी जनयुद्ध र यसले नेपाली समाजमा छाडेको प्रभाव, २०६२, ६३ को जनआन्दोलन र गणतन्त्रको घोषणा, पहिलो र दास्रो संविधानसभाको घोषणादेखि वर्तमान मधेश आन्दोलनसम्मको घट्नालाई समेटेर तयार परिएको उक्त पुस्तक नेपालभन्दा बहिर बसेर आफ्नो देशको बारेमा जानकारी राख्न चाहने सबै नेपालीका लागि उपयोगी हुने लेखक राईले बताए ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल