लन्डन । बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापाले पछिल्लो पटक भूपू गोर्खाका वयस्क सन्तानहरु र बिधवाको मुद्दामा अत्यधिक सफलता प्राप्त गरेपछि नेपाली समुदायबाट प्रशंसै प्रशंसा पाएका छन् ।
भारतस्थित ब्रिटिश हाइ कमिसनले भिजा नदिएपनि थापाले अदालतबाट करिब दुई महिना अवधिमा २२ वटा मुद्दा (शतप्रतिशत) जितिसकेका छन् । यो जितपछि गोर्खा अभियन्ता, तिनका सन्तान र बेलायतका एनआरएन अगुवाबाट थापाको प्रशंसा भएको हो ।
एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘व्यवसाय भन्दा पनि समाजमा ठूलो सेवा पुर्याउन सफल समाजसेवी तथा पहिलो नेपाली सोलिसिटर श्री राजु थापा र एभरेस्ट ल सोलिसिटर फर्मप्रति केही नलेखि बस्न सकिन । सन्दर्भः भूपूहरु र उहांका परिवारहरु हुन् । म केहि शब्द दर्साउन बाध्य भए नगरुं पनि मनले दिएन । विषय केहि हप्ता पहिला भएको भए पनि मेरो व्यस्तताले यसअघि उतार्न सकिन । मेरो काकाको छोरा ३० वर्ष पुग्न लागेका बिमल फगामीको हतारमा निवेदन लगाएछन् तर नतिजा रिफ्यूज भएर आयो । एकदिन काका आउनु भो अनि भन्नुभयो, लौ न बर्बाद भो मलाई त सहयोग गर्नुस् । अब सहयोग गर्नै पर्ने भो । छुट्टी मिलाएर काकासंगै इलिंग अफिस गएर केश दर्ता गरियो । अफ्ठेरो छ तर हामी कोसिस गर्छौं भनेपछि केस मजबुत बनाउन दुइ पटक अफिस पुगियो इलिंगमा । त्यहांका स्टाफहरु र स्वयम् राजुजीसंग नजिक बसेर कुरा गर्ने मौका पनि मिल्यो भनौं साधारण परिचय देखि अझ नजिक हुने मौका मिल्यो । केस सफल हुनुमा मात्र होइन उहांहरुको व्यवहारमा थप गौरव गर्न मन लाग्यो ।
अहिलेसम्म सत प्रतिसत केस सफल भएको सुन्न पाउंदा अझ थप गौरवको महसुस गरें । धन्यबाद र हार्दिक बधाई राजुजी र एभरेस्ट ल सोलिसिटर फर्मका सम्पूर्ण टिमलाई । आफ्नो व्यवसाय भन्दा पनि कम्युनिटीमा यस्ता उदाहरणीय सेवाहरु उपलब्ध गराइदिनु भएको छ । यस्ता विचलित परिवारहरु विशेषत भूपू गोर्खा परिवारहरुलाई पुनर्मिलन गरिदिन सफल हुनु भएको छ । अझ थप सफलताको कामना गर्दछु र बेलायतवासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुका पनि कानुनी समस्या छन् भने उहांहरुसंग सम्पर्क गर्नुहोला ।’
बेलायत सरकारले ३० वर्ष माथिका वयस्क आश्रित र विधवाका छोराछोरीलाई आफनो नीतिमा नराखेपनि मानवअधिकार र ऐतिहासिक अन्यायका आधारमा टेकेर मुद्दा जितिइएको सोलिसिटर थापा बताउंछन् । थापाले कानुनी दृष्टिकोणबाट विश्लेषण गर्दा गोर्खा आश्रितमाथि भएको अन्याय मुद्दाको जितले अन्त्य गरेको बताए ।
मुद्दा सफल हुन चाहिने आवश्यक कागजात प्रमाणहरु, फर्मको तयारी, बाबुआमाको बयान, पारिवारिक सम्वन्ध के कसरी बढिरहेको छ सो को तथ्य, मुद्दाका लागि तयार गर्दा चाहिने आवश्यक प्रमाण र वहस गर्दा अनुभवी ब्यारिष्टरको समिश्रणबाट मुद्दा जितिएको थापा बताउंछन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार