लन्डन । बेलायती जेलमा हाल २० जना नेपाली रहेको पाइएको छ । लन्डनस्थित नेपाली दूतावासको आग्रहमा बेलायती विदेश मन्त्रालय (एफसीओ) ले उक्त तथ्यांक दिएको हो । विभिन्न अपराधिक क्रियाकलापका कारण ति नेपाली जेल परेका हुन् । ‘इङल्यान्ड र वेल्स्का जेलमा २० जना नेपाली रहेको मन्त्रालयले जानकारी दिएको छ’, कार्यवहाक राजदूत शरद राज आरनले भने, ‘बेलायती कानुन अनुसार सम्बन्धित व्यक्तिको इच्छा विपरित विस्तृत विवरण दिन नमिल्ने भएकाले मन्त्रालयले सबै चाहिं हामीलाई उपलब्ध गराएको छैन् ।’
दश लाख गैर कानुनी आप्रवासीलाई आकर्षक प्याकेज
होम अफिस (गृह मन्त्रालय) ले बेलायतमा रहेका करिब दश लाख गैर कानुनी आप्रवासीलाई स्वदेश फर्किए आकर्षक अफर दिने भएको छ । केही वर्षयता अध्यागमन नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको बेलायतले आकर्षक प्याकेजसहित गैर कानुनी आप्रवासीलाई स्वदेश फर्कन प्रेरित गरेको हो ।
प्याकेजमा स्वदेश फर्कन निशुल्क हवाइ टिकेट, व्यापार शुरु गर्न पैसा र केटाकेटीलाई राम्रो स्कुल खोजिदिन सहयोग गर्ने यहांको दैनिक अखवार डेली मेलले गृह अधिकारीलाई उधृत गर्दै जनाएको छ ।
हजारौं नेपाली समेत यहां गैर कानुनी रुपमा रहेका अनुमान छ । होम अफिसले करिब ५६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीले दिएको अंग्रेजी परीक्षा ‘टोयक’ नक्कली भएको बहानामा हजारौं विद्यार्थीलाई गिरफतार गरेर स्वदेश फर्काउने वा तिनका भिजा रद्द गरिदिएको थियो । धेरै डिपोर्टेसन सेन्टरमा भएकाले यसको शिकार नेपाली विद्यार्थी समेत भएका छन् । कार्यवहाक राजदूत आरनले गैर कानुनी बसेका नेपाली र स्वदेश फिर्ता पठाउन डिपोर्टेसन सेन्टरमा राखिएका नेपाली कति छन् त्यो चाहिं यकिन नभएको बताए । ‘दूतावासमा पासपोर्ट हरायो भनेर ट्राभल डकुमेन्ट बनाइ स्वदेश फर्कने गरेको भेटिएपनि तिनले म गैर कानुनी बसेको थिएं कहिल्यै भन्दैनन्’, आरनले भने ।
साउथ इष्ट इङल्यान्ड इमिग्रेसन कम्प्लायन्स एण्ड इन्फोर्समेन्ट टिमका नेता रिचार्ड लिडर्लीले आध्यात्मिक गुरुको एउटा केवल टिभी शो ‘स्प्रिचुयल लाइभ’ मा गएर होम अफिसको नयां स्किम बताएका हुन् । होम अफिसका प्रवक्ताले यस्तो नयां योजनाबाट वर्षेनी ५० लाख पाउण्ड वचत गर्ने लक्ष्य राखिएको बताएका छन् ।
होम अफिसले शरणार्थी भिजा लिन आवेदन दिएर अस्वीकृत भएका आप्रवासी र ओभर स्टे भइसकेकालाई स्वदेश फर्कनेबारे छलफल गर्न आए गिरफ्तार नगरिने छुट पनि दिएको छ । स्वतस्फूर्त स्वदेश फर्किए दुई वर्ष भन्दा कम समयमा पुनः बेलायत आउन आवेदन दिन सकिने तर गिरफ्तार भए दश वर्ष प्रतिवन्ध हुने गृहको चेतावनी छ ।
नयां अफर एक खालको घुस भएको भन्दै आलोचना समेत भएको छ । टोरी ब्याक बेन्चर एन्ड्रियू ब्रिजेनले भनेका छन्, ‘यो त अपराध गरिसकेकालाई घुस दिन खोजियो जसले गैर कानुनी रुपमा बेलायत आउन र बस्न झन् प्रेरित गर्न सक्छ ।’
बेलायतमा एक मिलियन (दशलाख) भन्दा बढि गैर कानुनी आप्रवासी बसिरहेका अनुमान छ । वीज्ञहरु सरकारसंग ति सबैलाई खोजेर डिपोर्ट गर्न (स्वदेश फर्काउन) सक्ने श्रोत साधन नभएको बताउंछन् । इकान्तिपुर
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा