लन्डन । एनआरएनए यूकेले पांचथरको सिरिसे निमावि भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन गत आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय मात्र सहभागी थिए । कार्यक्रम जुधेकाले सहभागिता तुलनात्मक रुपमा न्यून भएको आयोजकको स्वीकारोक्ति छ ।
च्यारिटीबाट २० लाख रुपैयांको प्रतिवद्धता आएको गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता तथा एक कार्यकाल एक परियोजना २०१५–१७ संयोजक खुशी लिम्बुले जानकारी दिए । करिब ४० लाख रुपैयां संकलन गरी एक पक्की भवन निर्माण गर्ने उद्देश्य संघको छ । बांकी रकम अन्य माध्यमबाट उठाइने लिम्बुले जनाए ।
संघको कार्यसमितिको पाचौं बैठकले उक्त विद्यालय भवन पुनर्निर्माण गर्ने र विद्यालयलाई माध्यमिक तहसम्म लैजाने निर्णय गरेको थियो ।
संघका अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा भएको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, च्यारिटी विभागका सनत गुरुङ, आर के त्रिपाठी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रम सञ्चालन उपमहासचिव अर्जुन कटुवालले गरेका थिए । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । संघले समस्त दाताहरुप्रति आभार व्यक्त गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश