लन्डन । गुल्मी जिल्ला समाज यूकेले क्यान्सर पीडित दुई जनालाई आर्थिक सहयोग गरेको छ । गुल्मी धुर्कोट बस्तुका ५ वर्षीय बालक रोयल पाण्डे र गुल्मी आपचौर इन्द्रेगौडा निवासी रामप्रसाद भण्डारीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
बालक पाण्डे बिगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका छन् । उनलाई १ लाख ९६ हजार ३ सय ४० रुपैयां सहयोग गरिएको समाजले जनाएको छ । उता, समाजले नयां दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका रामप्रसाद भण्डारीलाई १ लाख ५० हजार ८ सय १२ रुपैयां सहयोग गरेको छ ।
गुल्मी जिल्ला समाज यूके र पिटरबोरो नेपाली समाज यूकेमा आवद्ध समाजसेवीबाट संकलित रकम सेप्टेम्वर २५ तारिख समाजसेवी एवं पूर्व सांसद रूद्रमणि भण्डारीले अस्पताल पुगेर बालकका आमाबुवालाई हस्तान्तरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं पिटरबोरो नेपाली समाज यूकेका निवर्तमान उपाध्यक्ष केशव भण्डारी र गुल्मी जिल्ला समाज यूकेका महासचिव शिव भण्डारीले पीडित परिवारको अनुरोधमा बालक पाण्डेको उपचारार्थ बेलायतबाट सहयोग संकलनको संयोजन गरेका थिए । समाज आवद्ध रामप्रसाद सापकोटाको संयोजनमा भण्डारीको सहयोगार्थ रकम उठाइएको थियो ।
समाजका अध्यक्ष राम गलामीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको उपचारका लागि सहयोग गर्ने सबै दातालाई धन्यवाद दिएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश