लन्डन । नेपाली संघीय समाज, बेलायतको दोस्रो महाधिवेशनले कमल गुरूङको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको छ । निवर्तमान सल्लाहकार गुरूङको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति चयन भएको हो ।
समितिको सह अध्यक्षमा नरेश काङमाङ राई र बालकृष्ण राई, उपाध्यक्षहरूमा भानुभक्त राई, बसुन्धरा याक्खा राई, योगेश राई र पंकज बजगाइं चयन भएका छन् । त्यसैगरी, महासचिवमा कमल राई, उपमहासचिवमा मिलनचन्द्र राई, सचिवहरूमा देवेन्द्र राई, विमला कुमारी राई र दावा स्याङ्वो, कोषाध्यक्षमा जानुका राई, सह कोषाध्यक्षहरूमा होम सुनुवार र राजकुमार राई चुनिएका छन् । महाधिवेशनले सदस्यहरूमा सय कुमार राई, चन्द्रबहादुर गुरूङ, सुमित्रादेवी राई, इन्द्र गुरूङ, एम कुमार गुरूङ, दुर्गा गुरूङ, दीपेन्द्र गुरूङ, चन्द्र गुरूङ, शेर गुरूङ, आङ्दावा शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा र अमित थेवे रहेका छन् ।
संघीय समाजवादी फोरम, नेपालको प्रवास अंगका रूपमा रहेको समाजको महाधिवेशन आइतबार अल्डरसटमा पूर्व उपप्रधानमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नेफेसो इञ्चार्ज आङकाजी शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा