लन्डन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव शुक्रबार बिहान लन्डन ओर्लने भएका छन् ।
नेपाली संघीय समाज (नेप्लिज फेडरल सोसाइटी) यूकेको दोस्रो महाधिवेशन
उद्घाटनका लागि यादव यूके आउन लागेका हुन् । यादव बिहीबार नेपालबाट उडिसकेका छन् ।
यादव लन्डन ओर्लने बित्तिकै नेपाली दूतावासमा दिवा भोज र पत्रकार सम्मेलनमा सहभागी हुने आयोजकले जानकारी दिए ।
२५ सेप्टेम्बर आइतबार अल्डरसटस्थित एम्पायर हलमा समाजको महाधिवेशन हुंदैछ । सोसाइटीले यादवका साथ केन्द्रिय सदस्य तथा विदेश विभाग इन्चार्ज आंगकाजी शेर्पा समेत आउने जनाएको छ ।
यादव बेलायतको कार्यक्रमपछि बेल्जियम, पोर्चुगल समेत जाने योजना रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?