लन्डन । हाल लन्डनमा रहेका लोकप्रिय गायक योगेश्वर अमात्यले लन्डनस्थित नेपाली दूतावासप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा दूतावास मुठ्ठीभरका मान्छेहरुको मुठ्ठीमा मात्र छ जस्तो देखिन्छ भन्दै असन्तुष्टि पोखेका हुन् । दूतावासमा नेशनल डे मनाइएको भोलिपल्ट उनले स्टाटस लेखेका छन्, ‘खै किन हो तस्बिरहरुमा जहिल्यै त्यै व्यक्तिहरु, अरु नयाँ दाजु भाइ, दिदी बहिनी कहिल्यै देखिन्नन् । उफ् दूतावास कसको लागि हो भन्ने पनि प्रश्नको उत्तर दिन गाह्रो भइसक्यो ।’
उनले अगाडि लेखेका छन्, ‘नेपाली नागरिकहरुका लागि कि अरु कसैको लागि ? यहाँ कति धेरै स्वदेशका विद्यार्थीहरु छन्, उनीहरुलाई कहिल्यै निम्तो दिंदैन आफ्नै देशको दूतावासले । राजदूतावास त महिलाहरुका लागि माइती र पुरुषहरुका लागि मामा घर जस्तो हुनु पर्ने हो । नयाँ राजदूतले नयाँ किसिमबाट चलाउन् भन्ने कामना । नेपाल आमाको जय जय जय ।’ उनको स्टाटसमा दर्जन बढिले अमात्यलाई समर्थन गर्दै नकारात्मक कमेन्ट समेत गरेका छन् ।
त्यसो त दूतावासको आमन्त्रित लिस्टमा रहेका नाम परिमार्जन गरिनुपर्ने आवाज पनि बेला बेला उठ्ने गर्छ । न कुनै संघसंस्थामा आवद्ध, न सञ्चारकर्मी, न प्रभावशाली व्यक्तित्व । दूतावासको कार्यक्रममा सधैं देखिने केही अनुहार छन् जो कार्यक्रम समापन लगत्तै दूतावासकै विरोध गर्छन् । बौद्धिक व्यक्तित्वहरुको एउटा तप्का अहिले पनि बाहिरै छ । दूतावासले उनीहरुलाई पनि सम्झनुपर्ने केहीको आवाज छ ।
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह