लन्डन । इच्छाशक्ति भए जीवनमा असम्भव केही छैन् । लाइफ कोच इन्द्र गुरुङले यसलाई पुष्टि गरेका छन् । उनले गत आइतबार दन्किरहेको आगोमा चार दिन हिंडेर बेलायती लाइसेन्स लिए । पिटरबरोस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट उनले लाइसेन्स लिएका हुन् । १८ सेप्टेम्बरमा प्रोफेशनल फायरवाकिङ इन्सट्रक्टर ट्रेनिङ सफतापूर्वक सकेर सर्टिफिकेट लिएपछि गुरुङ नेपालमा आगोमा हिंड्न सिकाउने पहिलो प्रशिक्षक भएका छन् ।
चार दिन लगातार १२ देखि १३० फिटसम्म एकसय आठ पटक आगोमा हिंडेर उनी लाइसेन्स लिन सफल भए । १८ सय डिग्री सेल्सियस तातोमा कसरी हिंड्न सम्भव भयो ? गुरुङ भन्छन्, ‘डर नभएपछि मनोविज्ञान, आध्यात्मिक उर्जा र वैज्ञानिक कारणले आगोमा हिंड्न सम्भव छ ।’ न्यूरो केमिकल्स् परिवर्तन गरेपछि शरीरले हरेक कुरा सामना गर्ने उनको अनुभव छ ।
‘आगोमा हिंड्दा मानिस मानसिक रुपमा बलियो हुन्छ’, उनी भन्छन्, ‘नेपालमा गएर मानिसको पुरानो माइन्ड सेट चेन्ज गर्ने मेरो सोच हो ।’
यसअघि उनले नेपालबाहिर गोवा, फिलिपिन्स र मलेसियामा समेत फायरवाक गरिसकेका थिए ।
नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक हुन् गुरुङ । मेसिनरी चीज जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक ठान्छन् उनी । मानिसको हार्ट, इमोसन्स्लाई सर्भिसिङ (सफा) गर्ने उद्देश्यले उनले यूकेमा कार्यक्रम नै गरे । गत आइतबार गुरुङले अल्डरसटस्थित एम्पायर हलमा गरेको रुपान्तरण सेसन (ट्रान्सफर्मेसन सेसन) मा सयौं नेपाली सहभागी भए । उक्त कार्यक्रम संयोजन एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले गरेका थिए । यस्तै कार्यक्रम स्किल्स् एण्ड केयरले लन्डन चाल्टर्नमा गरेको छ भने एनआरएनए यूके विजनेश डेभलप्मेन्ट फोरमले आज बुधबार सांझ प्लमस्टिडमा गर्दैछ ।
उनले दिने लाइफ कोचिङ धर्मसंग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसंग सम्बन्धित छ । मनोविज्ञानले दिमागमा भएको जानकारीलाई इडिट, अपडेट वा प्रोसेस गर्ने बताउंछन् गुरुङ ।
पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए । ‘मानिसको मेन्टल, फिजिकल र इमोशनल लेभलमा सर्भिसिङ (सफा) गराउनु पर्छ । त्यो अभ्यासबाट सम्भव छ’, गुरुङ भन्छन्, ‘२ देखि ७ दिनको वर्कसप गराउंछौं हामी ।’
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश