लन्डन । इच्छाशक्ति भए जीवनमा असम्भव केही छैन् । लाइफ कोच इन्द्र गुरुङले यसलाई पुष्टि गरेका छन् । उनले गत आइतबार दन्किरहेको आगोमा चार दिन हिंडेर बेलायती लाइसेन्स लिए । पिटरबरोस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट उनले लाइसेन्स लिएका हुन् । १८ सेप्टेम्बरमा प्रोफेशनल फायरवाकिङ इन्सट्रक्टर ट्रेनिङ सफतापूर्वक सकेर सर्टिफिकेट लिएपछि गुरुङ नेपालमा आगोमा हिंड्न सिकाउने पहिलो प्रशिक्षक भएका छन् ।
चार दिन लगातार १२ देखि १३० फिटसम्म एकसय आठ पटक आगोमा हिंडेर उनी लाइसेन्स लिन सफल भए । १८ सय डिग्री सेल्सियस तातोमा कसरी हिंड्न सम्भव भयो ? गुरुङ भन्छन्, ‘डर नभएपछि मनोविज्ञान, आध्यात्मिक उर्जा र वैज्ञानिक कारणले आगोमा हिंड्न सम्भव छ ।’ न्यूरो केमिकल्स् परिवर्तन गरेपछि शरीरले हरेक कुरा सामना गर्ने उनको अनुभव छ ।
‘आगोमा हिंड्दा मानिस मानसिक रुपमा बलियो हुन्छ’, उनी भन्छन्, ‘नेपालमा गएर मानिसको पुरानो माइन्ड सेट चेन्ज गर्ने मेरो सोच हो ।’
यसअघि उनले नेपालबाहिर गोवा, फिलिपिन्स र मलेसियामा समेत फायरवाक गरिसकेका थिए ।
नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक हुन् गुरुङ । मेसिनरी चीज जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक ठान्छन् उनी । मानिसको हार्ट, इमोसन्स्लाई सर्भिसिङ (सफा) गर्ने उद्देश्यले उनले यूकेमा कार्यक्रम नै गरे । गत आइतबार गुरुङले अल्डरसटस्थित एम्पायर हलमा गरेको रुपान्तरण सेसन (ट्रान्सफर्मेसन सेसन) मा सयौं नेपाली सहभागी भए । उक्त कार्यक्रम संयोजन एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले गरेका थिए । यस्तै कार्यक्रम स्किल्स् एण्ड केयरले लन्डन चाल्टर्नमा गरेको छ भने एनआरएनए यूके विजनेश डेभलप्मेन्ट फोरमले आज बुधबार सांझ प्लमस्टिडमा गर्दैछ ।
उनले दिने लाइफ कोचिङ धर्मसंग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसंग सम्बन्धित छ । मनोविज्ञानले दिमागमा भएको जानकारीलाई इडिट, अपडेट वा प्रोसेस गर्ने बताउंछन् गुरुङ ।
पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए । ‘मानिसको मेन्टल, फिजिकल र इमोशनल लेभलमा सर्भिसिङ (सफा) गराउनु पर्छ । त्यो अभ्यासबाट सम्भव छ’, गुरुङ भन्छन्, ‘२ देखि ७ दिनको वर्कसप गराउंछौं हामी ।’
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई