
लन्डन । सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले उपसभापति कृष्णकुमार राईलाई सभापतिमा चुनेको छ ।
स्थापनाकाल सन् १९९० देखिका सभापति पदमबहादुर गुरुङले
राईलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
नयां कार्यसमितिमा ७ जना उपसभापति चुनिएका छन् जसमा धर्मबहादुर तामाङ, मणिकिरांत बान्तवा राई, जीतबहादुर राई, भक्तबहादुर गुरुङ, श्रीमति कमला गुरुङ, क्षेत्रकला राई र तीर्खबहादुर पुन छन् ।
त्यसैगरि, महासचिवमा दशरथ राई, सचिव ओमबहादुर गुरुङ (माइला), सहसचिव रगप्रसाद पूर्जा, कोषाध्यक्ष देवीमाया पुन र सहकोषाध्यक्षहरुमा श्रीमति लालकुमारी गुरुङ र श्रीमति कुसुम तामाङ चुनिएको निर्वाचन समिति प्रमुख डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए । गेसोले डा. गुरुङलाई प्रमुख सल्लाहकार नियुक्त गरेको छ । निर्वाचन एवं विधान संशोधन समिति प्रमुख डा. गुरुङका अनुसार गेसो केन्द्रीय कार्यसमिति १२९ सदस्यीय बनेको छ ।
सभापतिमा चुनिएपछि वीनेपालीलाई प्रतिक्रिया दिंदै राईले सभापति गुरुङले गोर्खा आन्दोलनका लागि लिएको रणनीति र कार्यनीतिलाई निरन्तरता दिने बताए । आन्दोलनलाई समयसापेक्ष परिवर्तन गर्न अन्य संघ संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन हुने, अरु गोर्खा संस्थाबीच एकता प्रयास
गर्ने, विगतका कमीकमजोरीलाई सच्याउने र संगठन विस्तार गर्ने योजना रहेको उनले थपे ।
राई २०५३ मा गेसो केन्द्रीय समितिको सचिव र २०५७ देखि निरन्तर उपसभापति रहंदै आएका छन् ।
केन्द्रीय समितिको छिट्टै बस्ने बैठकले संस्थापक सभापति पदमबहादुर गुरुङलाई के जिम्मेवारी दिने भन्नेबारे निधो गरिने राईले बताए ।
साधारणसभाले गेसोको महत्वकांक्षी साल्मेडांडा प्रोजेक्ट सम्पन्न गर्न प्राथमिकता दिने निर्णय गरेको छ । उक्त प्रोजेक्टका लागि नेपाल सरकारसंग समन्वय गर्ने र आर्थिक संकलन अभियानलाई तीव्रता दिइने गेसोको योजना छ ।
तस्विरहरुः मिलन तमु
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?