लन्डन । लन्डनस्थित नेपाली दूतावासले आगामी २० सेप्टेम्बर अपरान्ह नेपालको राष्ट्रिय दिवस मनाउने भएको छ । नेपालमा नयां संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले पनि कार्यक्रम राखेको हो ।
कार्यक्रममा नेपालीसहित विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय लगायत विशिष्ठ पदाधिकारी सहभागी हुने कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए ।
रिसेप्सन अघि हुने औपचारिक कार्यक्रममा कार्यवहाक राजदूतले नेपालको समसामयिक राजनीतिक घट्नाक्रम र संविधान जारीपछिको परिवर्तनबारे अवगत गराउने कार्यक्रम छ ।
गत वर्ष भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा गरिएको थियो ।
नयां संविधानपछि नेपालमा धेरै राजनीतिक परिवर्तन भइसकेको छ । नेपालको संविधान जारी भएलगत्तै मुलुकमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) लगायत दलको संयुक्त सरकार बन्यो । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्यो । अहिले पुष्पकमल दाहाल प्रधानमन्त्री छन् ।
नयां संविधानअनुसार भएको राष्ट्रपतिको निर्वाचनबाट मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुखसमेत पायो । राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित भए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि मुलुकले पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीलाई पाएको छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई