
लन्डन । डा. सुरेशचन्द्र चालिसे ४ वर्षे कार्यकाल सकिएर उनी नेपाल फर्किएपछि झण्डै अढाइ वर्ष खाली भयो लन्डनस्थित नेपाली राजदूतको कुर्सी (तस्विर हेर्नुहोस्) । यतिका सम्म राजदूतको अफिस नै बन्द छ । त्यतिबेला राष्ट्रपति थिए डा. रामवरण यादव, (उनको तस्विर भित्तामा झुण्ड्याइएको तल तस्विरमा देख्न सकिन्छ) ।
अहिले राष्ट्रपति फेरिइन् विद्यादेवी भण्डारी । उनै राष्ट्रपति भण्डारीले डा. दुर्गाबहादुर सुवेदीलाई संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् गत मंगलबार । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव सुवेदीलाई सो पदमा नियुक्त गरेकी हुन् ।
राजनीतिक पार्टीको कोटामा राजदूत सिफारिस गरिएका १४ जनाले यो पद प्रचण्ड सत्तामा आए लगत्तै गुमाउनुपरेपनि सुवेदी डिप्लोमेटिक करिअरका कारण संसदीय सुनुवाइ पास गरेर यता आउन पाए ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका डा. सुवेदी कहिले लन्डन आइपुग्छन् त्यो भने निश्चित भइसकेको छैन् । ‘महामहिम कहिले आइपुग्ने भन्ने खबर त आइसकेको छैन्’, कार्यवहाक राजदूत शरदराज आरनले वीनेपालीसंग भने, ‘भिजा लगाउनु पर्ला, अरु व्यवस्थापन पनि बांकी होला । तर, हामी उहांलाई स्वागत गर्न आतुर छौं ।’ आरनले राजदूत नहुंदा द्धिपक्षीय सम्वन्ध विस्तार र अन्य कुटनीतिक पहलमा केही प्रभाव पर्ने बताए ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना र ब्रिटिश सेनामा गोर्खा भर्तीको २०० वर्षका उपलक्ष्यमा बेलायतमा धेरै कार्यक्रम गरिए जहां तत्कालिन कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नै सम्हाले ।
छिट्टै लन्डन आइपुग्ने सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि र विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका छन् । सुवेदी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
तस्विरहरुः नरेश खपांगीमगर
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न